Nepal Life

सिइडिबी हाइड्रोपावर र ओरियण्टल होटलको सेयरमूल्य समायोजन

NMB Bank
  • BFIS News
  • 2024 Sep 23 08:47
सिइडिबी हाइड्रोपावर र ओरियण्टल होटलको सेयरमूल्य समायोजन
United Ajod

काठमाडौं । सिइडिबी हाइड्रोपावर र ओरियण्टल होटलको सेयरमूल्य समायोजन भएको छ। यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो।

Shikhar
Nepal Life
NIMB

सिइडिबीको ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ८२९.७३ रुपैयाँ कायम भएको छ। समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार ३१ रुपैयाँ कायम थियो ।  

त्यस्तै ओरियण्टलको पनि ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९८०.९५ रुपैयाँ कायम भएको छ। समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ३० रुपैयाँ कायम थियो।

आजदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया