Nepal Life

संस्थापक सेयरधनीका लागि सिटिजन्स बैंकको ४० हजार ४५१ कित्ता सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 23 12:37
संस्थापक सेयरधनीका लागि सिटिजन्स बैंकको ४० हजार ४५१ कित्ता सेयर बिक्रीमा
United Ajod

काठमाडौं। सिटिजन्स बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।   

इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

निर्धारित समयभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया