Nepal Life

कुमारी बैंकको १ लाख ९ हजारबढी कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 24 08:18
कुमारी बैंकको १ लाख ९ हजारबढी कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको छ ।  
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

Shikhar
Nepal Life
NIMB

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया