Nepal Life

शेयर बजार त्यत्तीकै यति पुग्छ उती पुग्छ भन्नेहरु रत्नपार्कतिर हात हेरेर उमेर बताउने जस्तै हुन्: विश्व पौडेल

NMB Bank
  • BFIS News
  • 2024 Sep 25 12:39
शेयर बजार त्यत्तीकै यति पुग्छ उती पुग्छ भन्नेहरु रत्नपार्कतिर हात हेरेर उमेर बताउने जस्तै हुन्: विश्व पौडेल
United Ajod

काठमाडौं । शेयर बजारको पछिल्लो उतारचढावलाई लिएर राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा अर्थशास्त्री विश्व पौडेलले होसियार पुर्वक लगानी गर्न सुझाव दिएका छन् । 

Shikhar
Nepal Life
NIMB

सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट हरेक व्यक्तिहरुले शेयर बजारको उतारचढावलाई यतिसम्म पुग्छ भन्दै अन्दाज लगाउने गरेका छन् । शेयर बजारमा लगानी गर्दा राम्रोसँग हेरेर, होसियार भएर, आफुले सक्नेसम्म जोखिम लिएर मात्र लगानी गर्नु पर्ने पौडेलको सुझाव छ । 

सन १९२९ को ग्रेट डिप्रेसनताका अमेरिकाका त्यसबेलाका सवैभन्दा प्रख्यात मानिने अर्थशास्त्रका प्राध्यापक अर्विङ फिशरले आफ्नो लगभग सारा सम्पत्ति शेयर बजारमा गुमाएका थिए। यसको अर्थ के भने जतिसुकै विद्वानले पनि शेयर बजार अनुमान गर्न सक्दैन।

व्याजदर घट्दा, कुनै कम्पनिले नयाँँ काम लाग्ने उपकरण आविष्कार गर्दा, उत्पादनको वस्तुको लागि नयाँँ बजार फेला पर्दा शेयर केही बढ्छ भन्ने विश्वास गर्दा फरक नपर्ने उनको विश्लेषण छ । तर त्यत्तिकै बजार यती पुग्छ र उती पुग्छ भन्नेहरु र रत्नपार्कतिर हात हेरेर तपाईंको उमेर बताउनेहरु उस्तै भएको भन्दै कटाक्ष गरेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया