Nepal Life

एडिबीको प्रक्षेपण : आर्थिक वृद्धिदर ४.९ प्रतिशत, मुद्रास्फीति घट्ने

NMB Bank
  • BFIS News
  • 2024 Sep 25 15:16
एडिबीको प्रक्षेपण : आर्थिक वृद्धिदर ४.९ प्रतिशत, मुद्रास्फीति घट्ने
United Ajod

काठमाडौं। एसियाली विकास बैंकले नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएको छ। आज काठमाडौंमा आयोजित ‘एसियन डेभलपमेन्ट आउटलुक २०२४’ कार्यक्रममा एडिबीले अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर वृद्धि हुने बताएको छ।

Shikhar
Nepal Life
NIMB

एडिबीले चालु आर्थिक वर्षमा ४.९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। मौद्रिक नीतिका कारण विस्तारै अर्थतन्त्रमा सुधार देखिँदै जाने पनि उसले बताएको छ। घरजग्गा कारोबार, थोक तथा खुद्रा व्यापारमा समेत सुधार हुने दाबी एडिबीको छ। त्यस्तै, पर्यटन सेवामा सुधार, विद्युत उत्पादन तथा खपतमा वृद्धि लगायतका कारण पनि आर्थिक वृद्धिमा सहयोग पुग्ने एडिबीको अनुमान छ।

‘जलविद्युत क्षेत्रमा सार्वजनिक लगानी वृद्धि १७.७ प्रतिशत र निजी क्षेत्रको १६.६ प्रतिशतले बढेको छ’, रिपोर्टमा भनिएको छ, ‘सरकारले मौद्रिक नीतिलाई सहजता बनाउँदा व्यवसायीमा कन्फिडेन्स वृद्धि भएको छ ।’

२०१९ को तुलनामै यस वर्ष पर्यटक नेपाल भित्रिने प्रक्षेपण पनि गरिएको छ ।

चालु वर्षमा मुद्रास्फीति पनि घट्ने एडिबीको प्रक्षेपण छ। २०२४ को अन्त्यसम्ममा मुद्रास्फीति घटेर ५.४५ पुग्ने र २०२५ मा स्थिर हुँदै ५.५५ मा रहने उसले दाबी गरेको छ।

आर्थिक वर्ष २०२३ मा नेपालको मुद्रास्फीति ७.७५ मा थियो।

एडिबीले समग्रमा साउथ एसियाकै आर्थिक वृद्धिदरमा सुधार आउने पनि उल्लेख गरेको  । अहिले ६.३ प्रतिशत रहेकोमा अर्को वर्ष ६.५ हुने उसको रिपोर्टमा उल्लेख छ।

 

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया