Nepal Life

नेपाल लाईफ तुलसीपुर शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा भेटघाट कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Sep 27 11:54
नेपाल लाईफ तुलसीपुर शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा भेटघाट कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । नेपाल लाईफ तुलसीपुरले शाखामा कार्यरत नयाँ तथा पुराना अभिकर्ताहरू बिच भेटघाट तथा पुनर्ताजगी कार्यक्रम  सप्पन्न गरेको छ। शाखा कार्यालय तुलसीपुरको आयोजना तथा कम्पनिका लुम्बिनी प्रदेश प्रमुख पुरुषोत्तम सापकोटाको प्रमुख आतिथ्यता एवम प्रशिक्षण रहेको उक्त  एक दिवसीय कार्यक्रम  होटेल वेस्टर्न प्यालेस तुलसीपुरमा सम्पन्न भएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आफ्ना अभिकर्तालाई समय सापेक्ष ज्ञान प्रदान गर्नुका साथै कम्पनीले ल्याएका नयाँ  बिमा योजनाको वारेमा जानकारी गराउदै ब्यवसाय वृद्धिको लागी थप सहयोग पुर्याउनु यस  कार्यक्रमको मुख्य उद्देश्य रहेको शाखा प्रमुख वसन्त प्रसाद पोख्रेलले जानकारी दिए।

उनले  यस्ता कार्यक्रमले शाखामा आवद्ध अभिकर्ताहरू सबै माझ आपसमा निकटका ल्याउन तथा एक अर्कामा पारस्परिक  एकताको सन्देश दिदै टिम वर्कको बिकाशमा समेत सहयोग पुग्ने बताए।  कार्यक्रममा प्रमुख प्रशिक्षक सापकोटाले बिमा अभिकर्ता को हुन? हामीले अभिकर्ता भयर किन काम गर्ने? र यसमा के कसरी काम गर्दा सफल हुन सकिन्छ? भन्ने कुराका साथै नेपाल लाईफले अभिकर्ताहरुलाई दिने सेवा सुबिधाका बारेमा प्रष्ट पार्दै यो समाज सेवाको पेशाका अतिरिक्त  नियमित आम्दानी ,वृत्ति बिकाश , आत्म सन्तुष्टिका साथै आर्थिक समृद्धिको पाटो समेत भयको बताए ।

साथै उनले नेपाल लाईफ नेपालकै सर्वाधिक विस्वासीलो र ठुलो कम्पनी भएकोे र हामी त्यही कम्पनिका अभिकर्ता भयका कारण  हाम्रो छनोट सहि भएको र हामीलाई काम गर्न अझ सजिलो र भरपर्दो भयको समेत बताए ।

साठी जना भन्दा बढी अभिकर्ता, बी सी तथा ए. एमहरुको सहभागीता रहेको उक्त कार्यक्रममा  गत बर्षभरीमा शाखाबाट ब्यक्तिगत कोड ब्यवसाय तर्फ उत्कृष्ट तीन जना र टिम ब्यवसाय तर्फ उत्कृष्ट  कार्य गर्ने तीन जना गरी छ जनालाई शाखा प्रमुख पोख्रेल र प्रदेश प्रमुख सापकोटाद्वारा  संयुक्तरूपमा खादा, टीका र प्रमाणपत्र  सहित सम्मान गरिएको थियो ।

अत्यन्तै सकृय सहभागीता र अन्तरकृयात्मक रहेकोे उक्त कार्यक्रममा शाखा प्रमुख पोख्रेलले कुनैपनी काम र पेशामा अझ जिवन बिमा क्षेत्रमा अभिकर्ताको रुपमा सफल हुन सर्बप्रथम  उत्कृष्ट कम्पनीको छनोट  गर्नुपर्ने र काम गर्दा आइपर्ने हरेक अब्जेक्सनहरुलाई सहर्ष स्विकार्दै त्यसको वारेमा प्रष्ट पार्दै त्यसलाई चुनौती होइन अवसरको रुपमा लिइ आफुमा दृढ़ इच्छा, समर्पण र विषय बस्तुमा पुर्ण ज्ञान र निखारताका साथ काम गर्नु आवस्यक रहेको र यसरी आफुलाई  परिस्कृत गर्दै काम गर्न सकेमा  जो कोहि पनि अगाडि बढ्न सक्ने हुँदा सोही अनुसार गर्नुहुन सम्पुर्ण अभिकर्ताहरूलाई आग्रह गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया