Nepal Life

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ शाखा समिति गठनमा आक्रामक

NMB Bank
  • BFIS News
  • 2024 Oct 01 19:53
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ शाखा समिति गठनमा आक्रामक
United Ajod

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा समिति गठनमा आक्रामक देखिएको छ । बीमक समिति नेपाल लाइफले २०८१ भदौ १५ गतेदेखि असोज १५ गतेसम्ममा १३ वटा शाखा समिति गठन गर्न सफल भएको छ ।

Shikhar
Nepal Life
NIMB

शाखा स्तरको अभिवेशनहरुबाट निर्वाचित भएका पदाधिकारीहरुलाई पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अधिकारीले आफु निर्वाचित हुँदै गर्दा नेपाल लाइफका सबै शाखा तथा उपशाखा कार्यालयमा अधिवेशन गरेर नयाँ कार्यसमिति गठन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

विगत एक महिनाको अवधिमा इटहरि शाखा समितिको अध्यक्षमा निस्चल खुलाल लगायत टिम निर्वाचित भएको छ । त्यस्तै धरान शाखाबाटरमेश श्रेष्ठ, बिराटनगरबाट अनिता कु. उराव, गौरादहबाट सारदा सुबेदि, बिराटचोकबाट रेख ब. तामाङ, लेटाङबाट एकराज अधिकारी, बाग्लुङबाट कल्पना गौतम, कुस्माबाट दिनेश शर्मा तिवारि, हेम्जाबाट देब ब. कुवर, स्याङ्जाबाट मिना थापा, टिकापुरबाट दिपक प्रसाद धिताल, धनगढिबाट मिन ब. कुवर,  मणिग्राम शाखाबाट भिम लाल भण्डारि लगायत टिम निर्वाचित भएको छ ।

पेशागत बीमा अभिकर्ता संघ अभिकर्ताहरुको छाता संघठन हो । यसले अभिकर्ताको हक हितका लागि लड्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया