Nepal Life

प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा सहयोग रकम जम्मा गर्न सबै बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

NMB Bank
  • BFIS News
  • 2024 Oct 05 19:53
प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा सहयोग रकम जम्मा गर्न सबै बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पुर्ण बीमा कम्पनीहरुलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न निर्देशन दिएको छ । 

Shikhar
Nepal Life
NIMB

हालै अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।

प्राधिकरणले सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यथाशक्य छिटो सहयोग रकम जम्मा गर्न निर्देशन दिएको नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया