Nepal Life

सानिमा लिमिटेडले आइपिओ निष्काशन गर्दै, ७५.७४ प्रतिशत लाभांशको प्रस्ताव सहित बोलायो साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Oct 07 06:25
सानिमा लिमिटेडले आइपिओ निष्काशन गर्दै, ७५.७४ प्रतिशत लाभांशको प्रस्ताव सहित बोलायो साधारणसभा
United Ajod

काठमाडौं । सानिमा लिमिटेडले ७५.७४ प्रतिशत लाभाश वितरण गर्ने तथा आइपिओ निष्काशन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ ।

Shikhar
Nepal Life
NIMB

सानिमा लिमिटेडको सञ्चालक समितिको असोज १८ गते बसेको बैठकले आगामी कार्तिक १४ गते विहा न११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराहीमा प्रथम वार्षिक साधारणसभा डाक्ने निर्णय गरेको थियो ।

साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय पारित गर्नेछ । त्यस्तै लेखापरीक्षणको प्रतिवेदन सहित २०८१ साल असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । संस्थापक शेयरधनीहरुको समुह 'क'को तर्फबाट प्रतिनिधित्व गर्ने र एक जना महिना सहित तीन जना सञ्चालकहरुको नियुक्त तथा निर्वाचन गर्ने भएको छ । त्यस्तै सञ्चालक समितिको सिफारिस बमोजिम एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ सम्मको वितरण योग्य संचित खुद मुनाफाबाट शेयरधनीहरुका नाममा कायम शेयर बापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी चुक्ता रकमको ७५.७४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

कम्पनीको शेयरको सार्वजनिक निष्काशन गर्ने प्रक्रियाका वारेमा पनि साधारणसभामा छलफल गरिने भएको छ । कम्पनीको शेयरको सार्वजनिक निष्काशनबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारण गर्ने प्रस्ताव उपर छलफल गर्ने भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया