Nepal Life

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग

NMB Bank
  • BFIS News
  • 2024 Oct 07 14:28
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग
United Ajod

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेका छ । प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचनको उपस्थितिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचन र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

Shikhar
Nepal Life
NIMB

बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्दारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए । चेक हस्तान्तरण कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संचालक बिरेन्द्र जंग पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले यस अघि पनि नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९, चोपाटार घर भई हाल ललितपुर महानगरपालिका वडा न.२५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय चनिकलाल तामाङलाई रियल हिरोको संज्ञा दिदै सम्मान गरिसकेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स समाजिक उत्तरदायित्वमा सदैव अगाडि रहदै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया