Nepal Life

आजसम्म शेयर किन्नेले युनिलिभरको सर्वाधिक धेरै लाभांश पाउन सक्ने, सिटिजन्स बैंकको पनि सुरक्षित गर्न सकिने

NMB Bank
  • BFIS News
  • 2024 Oct 09 08:57
आजसम्म शेयर किन्नेले युनिलिभरको सर्वाधिक धेरै लाभांश पाउन सक्ने, सिटिजन्स बैंकको पनि सुरक्षित गर्न सकिने
United Ajod

काठमाडौं । आज दशै अगाडीको अन्तिक कारोबार दिन हो । आजसम्म युनिलिभर र सिटिजन्स बैंकको शेयर किन्नेले प्रस्तावित लाभांश पाउने छन् । युनिलिभरले अहिलेसम्मकै सर्वाधिक धेरै लाभांश दिदैछ । यो लाभांश नेपालको शेयर बजारकै इतिहासमा सर्वाधिक धेरै हो । 

Shikhar
Nepal Life
NIMB

दुबैले यहि असोज २९ गते बुक क्लोज गर्दै छन् । बुक क्लोज भन्दा अगाडी आज मात्रै कारोबार हुने भएकाले आजसम्म शेयर खरिद गर्नले लाभांश पाउन सक्ने छन् । 

युनिलिभर नेपालले आगामी कात्तिक १२ गते, सोमबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ।

सभाले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गर्नेछ। सभाले लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ।

त्यसैगरी, सिटिजन्स बैंक इन्टरनेशनलले पनि कात्तिक १२ गते, सोमबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया