यसपालिको दशैमा छोराछोरीलाई दक्षिणा होइन बीमा पोलिसी उपहार: नेपाल लाइफको 'केटाकेटी सुनौलो भविष्य जीवन बीमा'
- BFIS News
- 2024 Oct 10 19:44
काठमाडौं । दशै तिहार उत्सवको वर्ष हो । वर्षभरिको कामको व्यस्तता पछि हामी दशैको समयमा परिवारका सबै सदश्य र आफन्तहरु एकै ठाउँमा भेला हुन्छौ । एक अर्कामा सद्भाव राख्छौ । टिका जमराका साथ आशिर्वाद र दक्षिणा ग्रहण गर्छौ ।
यदि हामीले हाम्रा छोरा छोरीलाई दक्षिणा तथा उपहारको सट्टामा बीमा पोलिसी दिने हो भने यो भन्दा ठुलो दक्षिणा अरु केहि हुनै नसक्ने नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ एजेन्सी म्यानेजर तथा पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसी बताउछन् ।
आफ्ना बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरि हुने भएकोले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना एकदमै राम्रो रहेको केसीले बताए ।
यो योजना मार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने गर्दछ ।
‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ ल्याइएको नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बालबालिका सम्बन्धी सावधिक जीवन बीमा हो ।
जसमा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना देखि १७ वर्ष सम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्ष सम्म रहेको छ।
कम्पनीका अनुसार न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि २५ वर्ष सम्म हुनेछ। यो योजनाको न्यूनतम बीमाङ्क रकम रू २५ हजार तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।
यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भए पछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडी आउँछ सोही देखि जोखिम प्रारम्भ हुनेछ।
यस योजना अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमाङ्क भुक्तानी परिपक्वता सुविधा अन्तर्गत बीमा अवधि समाप्ती मिति सम्म बीमित प्रस्तावक तथा बीमित बालबालिका जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने छ।
यस योजनामा समावेश भएका सुविधाहरु
परिपक्वता सुविधा
बीमालेख चालु रही बीमा अवधि समाप्ती मिति सम्म बीमित जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने कम्पनीले जनाएको छ ।
जोखिम प्रारम्भ
यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुन्छ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर ५ (पाँच) वर्ष पूरा भए पछि को बीमालेखको वार्षिकोत्सव (जुन अगाडी आउँछ) देखि जोखिम प्रारम्भ हुन्छ ।
मृत्यु लाभ
बीमा अवधि भित्र जुनसुकै समयमा प्रस्तावक भन्दा अघि बीमित बालबालिकाको मृत्यु भएमाः
बीमा जोखिम प्रारम्भ हुनु भन्दा अगाडि बीमित बालबालिकाको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क (पुरक करार बापतको बीमा शुल्क बाहेक) भुक्तानी गरिने व्यवस्था छ ।
बीमा जोखिम प्रारम्भ पछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५(पच्चिस) प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पुरक करार बापतको बीमाशुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
बीमा अवधि भित्र जुनसुकै समयमा बालबालिकाकोे मृत्यु अघि प्रस्तावकको मृत्यु भएमाः
- बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिईनेछ ।
- मासिक आय सुविधा (बीमाङ्कको १% बराबरको रकम बीमित बालबालिका लाई भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटे पश्चात बीमा अवधि समाप्ति सम्म वा बालबालिकाको मृत्यु जुन अघि हुन्छ सो समय सम्मका लागि प्रदान गरिनेछ ।
- बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बीमा अवधि समाप्ति सम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ ।
बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमाः
- प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु वापत बीमाङ्क रकमको २५ (पच्चिस) प्रतिशत रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा:
- बीमाङ्कको २५(पच्चिस) प्रतिशत तथा बीमित बालबालिका जीवित रहुन्जेल सम्मको आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
थप गरिएको ऐच्छिक पुरक करार सुविधाहरु (प्रस्तावकको लागी मात्र)
१. दुर्घटना मृत्यु लाभ सुविधा , अपाङ्ग अशक्त बीमाशुल्क छुट सुविधा) तथा घातक रोग सुबिधा
योग्यताः
- न्यूनतम बीमाङ्क रकमः रू २५,००० (पच्चिस हजार)
- अधिकतम बीमाङ्क रकमः आयश्रोतको आधारमा गर्न सकिने
- प्रस्तावक प्रवेश उमेरः २१ वर्ष देखि ६५ वर्ष सम्म
- बालबालिका प्रवेश उमेरः १ महिना देखि १७ वर्ष
- ऐच्छिक सुविधा (प्रवेश उमेर (प्रस्तावक): २१ वर्ष देखि
- ऐच्छिक सुविधा (समाप्तिमा अधिकतम उमेर (प्रस्तावक): ७० वर्ष
- बीमा अवधिः न्यूनतम ५ वर्ष देखि अधिकतम: २५ वर्ष सम्म
- बीमा समाप्तिमा अधिकतम उमेर (बच्चाको): २५ बर्ष
- बीमा समाप्तिमा अधिकतम उमेर (प्रस्तावकको): ७० वर्ष
- बीमा शुल्क भुक्तानी तरिका: वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक तथा एकल
समर्पण सुविधा
- वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । सर्मपण मुल्यको गणना बीमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नेछ ।
ऋण सुविधा
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्यको ९०% वा बीमाङ्क रकमको २५ (पच्चिस) प्रतिशत रकम तथा आर्जित बोनस मध्ये जुन रकम कम हुन्छ सो रकम प्राप्त गर्न सकिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा ऋण सुविधा बापत दिइएको रकम कटाई बाँकी रकम भुक्तानी गरिनेछ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया