Nepal Life

सन नेपाल लाइफले प्राप्त गर्यो आइएसओ मान्यता प्राप्त प्रमाणपत्र, जीवन बीमा कम्पनी मध्ये पहिलो

NMB Bank
  • BFIS News
  • 2024 Oct 17 18:13
सन नेपाल लाइफले प्राप्त गर्यो आइएसओ मान्यता प्राप्त प्रमाणपत्र, जीवन बीमा कम्पनी मध्ये पहिलो
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ / आई.ई.सी २७००१:२०२२ (ISO/IEC 27001: 2022 ) को प्रमाणपत्र प्राप्त गरेको छ।

Shikhar
Nepal Life
NIMB

यो मानकले सुचना सुरक्षण व्यवस्थापन प्रणाली (Information Security Management System) मा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकिय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा ISO / IEC 27001 : 2022 सम्परीक्षण गरेको हो । नेपालको बीमा व्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी ISO/IEC 27001: 2022 को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

यसबाट कम्पनीले Risk Based Modality मा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागि First line of Defense बाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेछ ।

ISO / IEC 27001: 2022 को मान्यता प्राप्त गरेसंगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया