Nepal Life

मूल्य समायोजन सँगै लिवर्टीको शेयर मूल्य २७६ बाट २१७ रुपैयाँ र बलेफीको ५१३ बाट ३०६ रुपैयाँमा झर्यो

NMB Bank
  • BFIS News
  • 2024 Nov 06 07:15
मूल्य समायोजन सँगै लिवर्टीको शेयर मूल्य २७६ बाट २१७ रुपैयाँ र बलेफीको ५१३ बाट ३०६ रुपैयाँमा झर्यो
United Ajod

काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि बुक भए सँगै लिवर्टी हाइड्रोपावर र बलेफी हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । दुबैले आज बुक क्लोज मिति तय गरेकाले उनिहरुको हकप्रद शेयर हिजोसम्म खरिद गर्नेलेमात्रै पाउने छन् । 

Shikhar
Nepal Life
NIMB

नेप्सेले बलेफी हाइड्रोपावरको १०० प्रतिशत र लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात बलेफी हाइड्रोपावरको शेयरमूल्य ३०६ रुपैयाँ ६० पैसा कायम भएको छ भने लिबर्टीको २१७ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा बलेफीकोा शेयर प्रतिकित्ता ५१३ रुपैयाँ २० पैसा र लिबर्टीको शेयर प्रतिकित्ता २७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ। बलेफी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

त्यस्तै, लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया