Nepal Life

दुई ब्रोकर एशोसिएसन एक भए, नयाँ र पुराना एउटै छाता संघठनमा

NMB Bank
  • BFIS News
  • 2024 Nov 13 19:18
दुई ब्रोकर एशोसिएसन एक भए, नयाँ र पुराना एउटै छाता संघठनमा
United Ajod

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको दुईओटा संगठन गाभिएका छन् । स्टक ब्रोकर एशोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएसन नेपाल एक भएका हुन् । यी दुई संगठनले आज एक कार्यक्रमको आयोजना गर्दै एक हुने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

Shikhar
Nepal Life
NIMB

चार बुँदे उक्त सम्झौतापत्रमा स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौतापत्रमा ३१ वर्षको लामो इतिहास बोकेको स्टक ब्रोकर एशोसिएसन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरूको साझा व्यवसायिक संघको रूपमा अघि बढाउने उल्लेख छ । 

धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीलाई स्टक ब्रोकर एशोसिएसन अफ नेपालले एकमुष्ट रूपमा सदस्यता दिने, धितोपत्र ब्रोकर्स एशोसिएसन नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतना अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अंगको रूपमा अगाडि बढाउनुका साथै दुवै एशोसिएसनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायीहरुलाई स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको सदस्यता लिन आह्वान तथा सहजीकरण गरिने बुँदा पनि सम्झौतापत्रमा समेटिएको छ । 

शुरुका दिनमा नमिल्ने मनसायले छुट्टै संघ खोलेर अघि बढेका नयाँ ब्रोकरहरू पुरानोमै जोडिएर व्यवसायिक संघको रूपमा अघि बढ्न लागेका हुन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया