Nepal Life

नेप्से परिसूचक नौ अङ्कले बढ्यो, कारोबार रकम ७ अर्ब ९ करोडमा सिमित

NMB Bank
  • BFIS News
  • 2024 Nov 20 15:50
नेप्से परिसूचक नौ अङ्कले बढ्यो, कारोबार रकम ७ अर्ब ९ करोडमा सिमित
United Ajod

काठमाडौँ, ५ मङ्सिरः मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव ०९ अङ्कले बढेर दुई हजार सात सय ११ दशमलव ७५ बिन्दुमा कायम भएको हो ।

Shikhar
Nepal Life
NIMB

आज तीन सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता शेयर ७४ हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा रु सात अर्ब नौ करोड २८ लाख ७९ हजार नौ सय ४६ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव १८, निर्जीवन बिमा शून्य दशमलव २१ र अन्य समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूह तीन दशमलव ३८ प्रतिशतले बढेको छ । वित्त एक दशमलव ६६, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् एक दशमलव २८, लगानी शून्य दशमलव २०, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फण्ड शून्य दशमलव ३८ र व्यापार समूह शून्य दशमलव २७ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नेपाल हाईड्रोडेभलपर्स लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु ३२ करोड ८१ लाख ९० हजार दुई सय ५९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सात लाख ६४ हजार पाँच सय १९ कित्ता शेयर किनबेच भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया