Nepal Life

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

NMB Bank
  • BFIS News
  • 2025 Apr 15 15:00
लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण
United Ajod

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” अभियानअन्तर्गत किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ। ३१ औं पटक सगरमाथा आरोहणका लागि प्रस्थान गर्न लागेकी शेर्पालाई सफलताको शुभकामना दिने कार्यक्रमको आयोजना गर्दै बैंकले यो ब्यानर प्रदान गरेको हो।

Shikhar
Nepal Life
NIMB

कार्यक्रममा लुम्बिनी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेका हुन् । यसअघि शेर्पाले सोही लोगो अंकित ब्यानर दुई पटक सर्वोच्च शिखर सगरमाथामा पुर्याइसकेकी छिन् । अब तेस्रो पटक सो ब्यानर सगरमाथाको चुचुरोमा पुग्न लागेको हो।

शेर्पाले विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकसँग “निरन्तर सहयात्रा” गर्दै आएकी छिन्। ३१ औं पटकको यो आरोहण आफ्नाे व्यक्तिगत कीर्तिमान मात्र नभई आफ्नो परिवार, शेर्पा समुदाय र सम्पूर्ण नेपालको नाम विश्वसामु गौरवान्वित बनाउने लक्ष्यका साथ अघि बढेको जानकारी उनले दिए । बैंकले शेर्पाको यस योगदानले संस्था स्वयं पनि गौरवान्वित भएको जनाएको छ।

देशभर सातै प्रदेशमा कारोबार विस्तार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडले हाल ८९ वटा शाखा कार्यालय र १ वटा विस्तारित शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। “निरन्तर सहयात्रा” नाराका साथ उच्चस्तरीय, आधुनिक तथा नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको बैंकले यस अवसरमा कामी रिता शेर्पालाई सफल आरोहणको शुभकामना समेत व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया