Nepal Life

गोविन्द घिमिरे एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

NMB Bank
  • BFIS News
  • 2025 Apr 24 21:10
गोविन्द घिमिरे एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
United Ajod

काठमाडौं, वैशाख ११ – एनएमबी बैंकले गोविन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ। तीन दशकभन्दा बढीको बैंकिङ अनुभव र बैंकभित्रको बलियो नेतृत्व पृष्ठभूमिका साथ उनले नेतृत्व सम्हाल्ने भएका हुन्।

Shikhar
Nepal Life
NIMB

घिमिरेले बैंकको नवप्रवर्तन, डिजिटल प्रविधिको प्रयोग तथा दिगो बैंकिङ प्रणालीमा ध्यान केन्द्रित गर्दै समावेशी तथा दीर्घकालीन वृद्धिलाई प्राथमिकता दिने बताएका छन्।

साथै, श्री सुदेश उपाध्यायलाई वरिष्ठ डेपुटी सीईओ (Senior Deputy CEO) पदमा बढुवा गरिएको छ। अन्तर्राष्ट्रिय बजार तथा सुदृढ प्रशासनिक नेतृत्वमा उनको गहिरो ज्ञान र अनुभवले बैंकको भविष्यमा थप मजबुती ल्याउने विश्वास गरिएको छ।

यी नेतृत्व परिवर्तनहरूले एनएमबी बैंकको निरन्तरता, विश्वास र समावेशी वृद्धिमा आधारित नयाँ चरणको सुरुवात भएको संकेत गर्छ। बैंकले नयाँ नेतृत्वमार्फत नवीनता र दिगोपनलाई आफ्नो मूल आधार बनाउने प्रतिवद्धता जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया