Nepal Life

ब्रेक प्याडहरूमा लुकाई छिपाई ल्याएको सुन तस्करीमा संलग्न हालसम्म ३२ जना पक्राउ

NMB Bank
  • BFIS News
  • 2023 Sep 13 18:18
ब्रेक प्याडहरूमा लुकाई छिपाई ल्याएको सुन तस्करीमा संलग्न हालसम्म ३२ जना पक्राउ
United Ajod

काठमाडौं ।  ब्रेक प्याडहरूमा लुकाई छिपाई अवैध सुन पैठारी तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा विदेशी नागरिकहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनको कारोबारमा संलग्न ११ जना, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक/कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना र कम्पनी खडा गर्ने माल बस्तु व्यवस्थापक २ जना गरी जम्मा ३२ जना छन् भने १८ जना फरार रहेका छन् ।

Shikhar
Nepal Life
NIMB

रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा बरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरेको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रूपैयाँ बराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ ।

सुन तस्करको लागि ७ वटा कम्पनी खडा गरिएको, २ ठाउँमा सुन गाल्ने गरिएको, ब्रेकप्याड, सेभर, स्मार्ट वाच एवम् विभिन्न प्रकारका विद्युतिय उपकरणहरूमा सुन आयत गरी ल्याइएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेकप्याड १ सय ६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो । परीक्षण पछि सुन रहेको एकिन भए पश्चात राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी पैठारी राजश्व छलि मुद्दा दर्ता भएको र १९ दिन सम्मको अनुसन्धानबाट १६ जनालाई पक्राउ गरी संगठित अपराध मुद्दामा अनुसन्धानको लागि उक्त विभागबाट गत साउन २१ गते फाइल प्राप्त भई केन्द्रीय अनुसन्धान व्यूरोले साउन २२ गतेबाट अवैध सुन पैठारी तथा संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया