Nepal Life

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुको प्रतिफल घोषणा, १५ प्रतिशत नगद

NMB Bank
  • BFIS News
  • 2023 Sep 19 10:48
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुको प्रतिफल घोषणा, १५ प्रतिशत नगद
United Ajod

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ तथा एनएमबि फिफ्टी योजनाले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

Shikhar
Nepal Life
NIMB

यी दुबै योजनाहरुले आफ्ना इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्।

असोज १ गते बसेको यी योजनाहरुको योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रतिफल वितरण प्रयोजनार्थ यी योजनाहरुले असोज १२ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएका छन्। यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया