Nepal Life

सिद्धार्थ क्यापिटलको साधारण सभा आह्‍वान‚ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने

NMB Bank
  • BFIS News
  • 2023 Sep 21 11:44
सिद्धार्थ क्यापिटलको साधारण सभा आह्‍वान‚ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने
United Ajod

काठमाडौं। सिद्धार्थ क्यापिटल लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ। सञ्चालक समिति बैठकको निर्णयले असोज २५ गतेका लागि साधारण सभा तोकेको हो।

Shikhar
Nepal Life
NIMB

सभामा लाभांश वितरण सम्बन्धी प्रस्ताव पेस हुनेछ। सभा क्यापिटलको कार्यालयबाट नै सम्पन्न गरिने जनाइएको छ।

क्यापिटलले सभामा लाभांश वितरणको प्रस्तावलाई प्रमुख एजेण्डा बनाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले  हुन आउने ५ करोड रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी छ।

साधारण सभाबाट पारित भएपछि क्यापिटलले उक्त लाभांश लगानीकर्ताहरुलाई वितरण गर्ने छ। क्यापिटलले यस अघि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पनि लगानीकर्ताहरुलाई २५ प्रतिशतले हुन आउने ५ करोड बराबर नगद लाभांश वितरण गरेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया