Nepal Life

सिको बचत तथा ऋण सहकारी संस्थाको वित्तीय विवरण सार्वजनिक, पूँजी ४ करोड ८४ लाख, ४३ करोड २९ लाख बचत निर्माण

NMB Bank
  • BFIS News
  • 2025 Aug 02 08:52
सिको बचत तथा ऋण सहकारी संस्थाको वित्तीय विवरण सार्वजनिक, पूँजी ४ करोड ८४ लाख, ४३ करोड २९ लाख बचत निर्माण
United Ajod

काठमाडौं। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाको कुल शेयर पूँजी ४ करोड ८४ लाख ७७ हजार ३ सय रूपैयाँ १० पैसामा पुगेको छ। संस्थाले २ करोड ३३ लाख ९९ हजार ५ सय ६६ रूपैयाँ जगेडा कोष तथा अन्य कोष अन्तर्गत २ करोड १ लाख ६९ हजार ३ सय ३२ रूपैयाँ रहेको छ।

Shikhar
Nepal Life
NIMB

संस्थाको कुल बचत रकम ४३ करोड २९ लाख ६० हजार ७ सय ६७ रूपैयाँ पुगेको छ भने तरलता १२ करोड ६० लाख ६५ हजार ७ सय ४१ रूपैयाँ १६९ पैसाको रहेको छ, जुन कुल तरलताको २९.१२ प्रतिशत हो। यसले संस्था वित्तीय दृष्टिले स्थिर अवस्थामा रहेको संकेत गर्दछ।

लगानीमा रहेको ऋण रकम ३७ करोड ६३ लाख ४६ हजार ५ रूपैयाँ रहेको छ भने संस्थाको कुल सम्पत्ति ५३ करोड ७५ लाख ६२ हजार ६ सय १३ रूपैयाँ पुगेको छ।

सिको सहकारीमा हालसम्म १० हजार ६ सय ६२ जना शेयर सदस्य आबद्ध रहेका छन्। तीमध्ये २ हजार १ सय ६६ जना नाबालक बचतकर्ता रहेका छन् भने २ हजार ५९ जना सदस्यहरूले ऋण लिएका छन्। संस्था वित्तीय पारदर्शिता र सुशासनप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै, आगामी दिनमा अझ प्रभावकारी सेवाका लागि प्रयत्नशील हुने बताएको छ।

सहकारी एकिकरण अभियानमा अग्रसर हुँदै यस संस्थाले लुम्बिनी प्रदेशमै पहिलो पटक ठाकुरबाबा नगरपालिकामा कार्यक्षेत्र रहेका तत्कालीन सिर्जना, कोशेली, लक्ष्मी, बाल कुमारी र लालुपाते सहकारी संस्थाहरु बिच एकिकरण गरिसकेको छ। 

सिको बचत तथा ऋण सहकारी संस्था लि. वि.सं. २०७५ असार १ गते सिर्जना, कोशेली र लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण पश्चात २०७५ माघ ३ गते बाल कुमारी र लालुपाते सहकारी संस्था बिच एकिकरण सम्पन्न भएको थियो। साथै २०७८ फागुन १८ गते मौसमी महिला बचत तथा ऋण सहकारी संस्था लि., राजापुर ६, मानपुर टपरा र डल्फिन बचत तथा ऋण सहकारी संस्था लि., राजापुर नगरपालिका वडा नं. ४, राजापुर बर्दिया बिच एकीकरण सम्पन्न भएको हो । संस्था स्थापना भएपछि हाल सम्म पाँचौं साधारण सभा सम्पन्न गरिसकेको छ । सदस्यको सार्वभौम निर्णायक अधिकारलाई सुनिश्चित गर्दै संस्थामा सुशासन कायम राख्न निरन्तर नेतृत्व प्रयत्नशिल रही आएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया