Nepal Life

नेपाल र चीनको सम्बन्ध मजबुत बनाउने प्रधानमन्त्री प्रचण्डको विश्वास

NMB Bank
  • BFIS News
  • 2023 Sep 24 22:05
नेपाल र चीनको सम्बन्ध मजबुत बनाउने प्रधानमन्त्री प्रचण्डको विश्वास
United Ajod

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।  

Shikhar
Nepal Life
NIMB

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा दूतावास परिवारले आइतबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गदै उनले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग सौहार्द एवम् हार्दिकतापूर्वक कुराकानी भएको र यसले दुई देशको सम्बन्धलाई नयाँ आयाम दिने बताए ।  

उनले भने, “चीनमा आएर सर्वोच्च नेता सी चिनफिङसँग सौहार्द र हार्दिकतापूर्वक कुराकानी भयो । यसले निकै उत्साह नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिने, कनेक्टिभिटीलाई नयाँ मार्गप्रशस्त गर्ने, नयाँ गति दिएर आपसी सम्बन्ध मजबुत बनाउन सकिने विश्वास लिएका छौँ ।” 

उनले चीन भ्रमण सफल बनाउन नेपालका लागि चिनियाँ राजदूतले धेरै मिहेनत गरेको भन्नुहुँदै विशेष सद्भाव र सम्मान प्रकट भएकोमा विशेष धन्यवाद ज्ञापन गरे ।  

प्रधानमन्त्रीको हैसियतले तेस्रो र राजनीतिक नेतृत्वको हैसियतले पाँचौँ चीन भ्रमण भएको उल्लेख गदै उनले सबै भेटमा चीनका नेतासँग महत्त्वपूर्ण छलफल गर्दै अघि बढ्ने अवसर प्राप्त भएको स्मरण गरे । 

प्रधानमन्त्री प्रचण्डले भने, “सम्मान, सद्भाव जे भनेपनि पहिलेभन्दा अलि विशिष्ट हुन गएको मैले महसुस गरेको छु ।’’ राष्ट्रपति सीसँग आपसीहित, पूर्वाधारको क्षेत्र, कनेक्टिभिटीमा रेल, हवाई यातायात, बाटोघाटो लगायत पर्यटन, शिक्षा, स्वास्थ्य र विशेष गरी कृषि क्षेत्रमा सहयोग सम्बन्धमा छलफल भएको उनको भनाइ छ । 

उनले न्युयोर्कमा संयुक्त राष्ट्र सङ्घको कार्यक्रम पश्चात् सिधै चीन भ्रमणको संयोग मिलेको प्रसङ्ग पनि जोड‍ेका थिए । शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र दुई पटक शान्तिपूर्ण एवम् प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको विषयमा छिमेकी राष्ट्र, विकसित मुलुक एवम् अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया