Nepal Life

भरतिय गायक कैलाश खेरले आज संगितिक कार्यक्रम गर्दै 

NMB Bank
  • BFIS News
  • 2023 Sep 30 19:51
भरतिय गायक कैलाश खेरले आज संगितिक कार्यक्रम गर्दै 
National Life

काठमाडौं । प्रसिद्ध भारतीय गायक कैलाश खेरले र उनको ब्यान्ड कैलशाले आज प्रिभे नेपाल, सोल्टी होटलमा संगितिक प्रस्तुती दिदै छन् । उनी यसै प्रस्तुतीका लागि शुक्रबार नेपाल आएका थिए । 

Shikhar
NIMB

गत भाद्र २९ गते खेर नेपाल आउने कार्यक्रम भएपनि विशेष कारणबस उनको कार्यक्रम तोकिएको मितिमा हुन नसकी असोज १२ शुक्रबार सारिएको थियो । तर, आयोजकले उनलाई असोज १२ मा हुने कार्यक्रमका लागि नेपाल ल्याउन नसकेपछि सामाजिक संजालमा सूचना जारी गर्दाै कार्यक्रम पुनः सरेको र अर्काे मिति बुधबार तोक्ने बताएको थियो । 

तर, माईपे इभेन्टले शनिबारको प्रस्तुतीका लागि खेरलाई नेपाल ल्याएको छ । माईपे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताका अनुसार, कैलाश खेर नेपाल आउने भएपछि उत्साहित भएका उनका फ्यानहरु उनको कार्यक्रम पटक पटक सरेर निरास देखेकाले आफैले कार्यक्रमको आयोजना गरेको बताए ।

‘उनलाई हेर्न धेरै नेपालीहरु उत्साहित थिए,’ उनले भने, ‘त्यसैले आफैले कार्यक्रम आयोजना गरेर नेपाल ल्याएका छौं ।’ कैलाश खेरको यस कार्यक्रम यस अघिको आयोजक सँग कुनै पनि हिसाबले सम्बन्धीत नभएको मेहताले प्रस्ट पारेका छन् साथै उनले माईपेले तोकेको आधिकारीक स्थान बाहेक अन्य ठाउँबाट काटिएको टिकट मान्य नहुने बताएका छन् ।

उनले सम्पूर्ण कैलाश खेरका समर्थकलाई माईपे डिजिटल वालेटबाट टिकट काटी रमाईले गर्न समेत आह्वान गरेका छन् । 
उनले ‘ओ सिकन्दर’, ‘तेरी दिवानी’, ‘सैया’, ‘या रब्बा’ र चलचित्र ‘बाहुबली २ः द कन्क्लुजन’ को ‘जय जय कारा’ र ‘जल रही है चिता’ लगायतका १५०० भन्दा धेरै चर्चित हिन्दी गीतका आफ्नो जादुयी आवाज दिएका छन् । उनी केही वर्ष अघि मद्यश्री अवार्डबाट समेत सम्मानीत भएका थिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया