Nepal Life

नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते, १३ प्रतिशत लाभांश पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 26 10:47
नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते, १३ प्रतिशत लाभांश पारित गर्ने
National Life

काठमाडौं । नागरिक लगानी कोष (Citizen Investment Trust–CIT) ले आफ्नो ३१औँ वार्षिक साधारणसभा पुस ३० गते आह्वान गरेको छ। साधारणसभा सोही दिन बिहान ११:०० बजे काठमाडौँको नयाँ बानेश्वरस्थित कोषको भवनमा आयोजना हुनेछ।

Shikhar
NIMB

साधारणसभाका प्रमुख एजेन्डामध्ये आर्थिक वर्ष २०८१/८२ का लागि १३ प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेको छ। पुस ०६ गते बसेको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल नागरिक लगानी कोषको चुक्ता पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ।

यसका साथै साधारणसभामा लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा रहेको छ। त्यस्तै, साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनी र सञ्चालकका तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्ने तथा सार्वजनिक सेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि समावेश गरिएको छ।

कोषले पुस २१ गते बुक क्लोज गर्ने जनाएको छ। सो मितिभन्दा अघिसम्म सेयर कायम रहेका सेयरधनीहरूले लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया