कोकाकोला कम्पनीका कार्यकारी निर्देशकले बुझे ७ करोड ८१ लाख वार्षिक तलब सुविधा
- BFIS News
- 2026 Jan 07 14:42
काठमाडौं। बोटलर्स नेपाल लिमिटेड (कोकाकोला)का कार्यकारी निर्देशकले वार्षिक तलब तथा सुविधाबापत कुल ७ करोड ८१ लाख रुपैयाँ बुझेका छन्। कम्पनीका अनुसार कार्यकारी निर्देशक अजय चनबसप्पा कोनालेले तलब, भत्ता तथा अलाउन्सेसबापत ७ करोड २१ लाख रुपैयाँ र अन्य सुविधाबापत ६० लाख रुपैयाँ प्राप्त गरेका हुन्।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष नर्मदेश्वर नारायण सिंहले यस वर्ष लाभांश घोषणा नगर्ने निर्णय गरिएको जानकारी दिएका छन्। उनका अनुसार ध्यानपूर्वक विचार–विमर्शपछि गरिएको उक्त निर्णयले कम्पनीलाई क्षमता विस्तार, डिजिटल रूपान्तरण तथा दिगो पहलहरूमा पुनः लगानी गर्न सक्षम बनाउनेछ, जसबाट दीर्घकालीन रूपमा शेयरधनीहरूका लागि थप मूल्य सिर्जना हुने विश्वास लिइएको छ।
अध्यक्ष सिंहले आगामी वर्षका प्राथमिकतामा उपभोक्ताको परिवर्तनशील रुचिलाई सम्बोधन गर्ने नवीन पेय पदार्थहरूको प्रस्तुति, महिलाको सशक्तीकरण तथा फोहोर व्यवस्थापनमा केन्द्रित सामुदायिक साझेदारी सुदृढ बनाउने, साथै प्रविधि, तथ्यांकमा आधारित सूचना र प्रतिभा विकासमार्फत क्षमता अभिवृद्धि गर्ने विषयहरू समेटिएको बताएका छन्।
यस्तै, बोटलर्स नेपालका व्यवस्थापकीय निर्देशक अजय चनबसप्पा कोनालेले आर्थिक वर्ष २०८१/८२ को समीक्षा गर्दै चुनौतीपूर्ण बाह्य वातावरणका बीच पनि कम्पनीले आफ्नो यात्रा निरन्तरता दिएको बताए। युवाको बाह्य पलायन, कच्चा पदार्थको लागत वृद्धि, उपभोक्ता मूल्यमा भएको बढोत्तरी र अनिश्चित मौसमले व्यवसायमा दबाब सिर्जना गरे पनि गैर–मादक रेडी–टु–ड्रिंक (NARTD) उत्पादनको कम प्रतिव्यक्ति खपत, युवा जनसंख्या र स्थिर अर्थतन्त्रका कारण नेपाल बजारप्रति दीर्घकालीन विश्वास कायम रहेको उनको भनाइ छ।
उनका अनुसार प्रतिकूल मौसमका बाबजुद शिखर मौसमका केही महिनामा परिमाण वृद्धि हासिल गरिएको छ, जसले ब्रान्डको शक्ति र उपभोक्ताको विश्वासलाई प्रतिबिम्बित गर्छ। तर, पहुँच बढाउन अपनाइएका मूल्य र प्रवर्द्धन रणनीतिका कारण प्रतियुनिट प्राप्ति घट्दा उक्त परिमाण वृद्धि राजस्वमा पूर्ण रूपमा रूपान्तरण हुन सकेन। यद्यपि, अनुशासित लागत व्यवस्थापनले सञ्चालन नाफाको संरक्षणमा सहयोग पुगेको कम्पनीको दाबी छ। वित्त विधेयक २०२५ अन्तर्गत सहायक कम्पनी BNTL का लागि कर छुटको सुविधा लिँदा अघिल्लो वर्षको तुलनामा करपछिको नाफा भने घटेको जनाइएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ प्रति कम्पनी आशावादी रहेको व्यवस्थापकीय निर्देशक कोनालेले बताए। सुदृढ ब्रान्ड पोर्टफोलियो, विवेकपूर्ण प्याक–प्राइस तथा प्रवर्द्धन रणनीति, पहुँच र चिल्ड क्षमताको विस्तार तथा मूल्य शृङ्खलाभर लागत अनुकूलनले सकारात्मक नतिजा दिने उनको विश्वास छ। सेप्टेम्बर २०२५ मा सम्पन्न कर्मचारी अन्तर्दृष्टि सर्वेक्षणअनुसार नेपालकै उच्चतम दिगो संलग्नता स्तरमध्ये एक हासिल भएको उल्लेख गर्दै जनशक्तिमा निरन्तर लगानी गरिने पनि उनले स्पष्ट पारेका छन्।
कम्पनीले जिम्मेवार, पारदर्शी र उत्तरदायी सुशासनलाई प्राथमिकतामा राख्दै समुदाय–केन्द्रित पहल, पानी स्रोत संरक्षण, PET फोहोर संकलन तथा पुनःप्रशोधन विस्तार र ‘सक्षम’ कार्यक्रममार्फत ५ हजारभन्दा बढी महिला खुद्रा व्यवसायी सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)








प्रतिक्रिया