Nepal Life

एशियन लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश घोषणा, ५ प्रतिशत बोनस शेयर दिने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jan 14 11:51
एशियन लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश घोषणा, ५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Nepal Life
NIMB

घोषित लाभांशमध्ये चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।

उक्त निर्णय पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् उक्त लाभांश शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीको यस निर्णयले शेयरधनीहरूलाई प्रतिफल प्रदान गर्नुका साथै कम्पनीप्रतिको लगानी आकर्षण बढाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया