Nepal Life

हिमालयन लाइफको निमित्त सीईओमा दिनेश अमात्य नियुक्त, आईएमई लाइफबाट राजीनामा स्वीकृत

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 27 18:18
हिमालयन लाइफको निमित्त सीईओमा दिनेश अमात्य नियुक्त, आईएमई लाइफबाट राजीनामा स्वीकृत

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले दिनेशबहादुर अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ।

Nepal Life
NIMB

कम्पनीको सञ्चालक समितिको २०८३ साउन ११ गते सोमबार बिहान बसेको ७५औँ बैठकले नायब प्रमुख कार्यकारी अधिकृत अमात्यलाई अर्को व्यवस्था नभएसम्मका लागि सोही मितिदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

कम्पनीले नियामक निकायलाई पत्राचार गर्दै अमात्यलाई कम्पनीको नेतृत्वको जिम्मेवारी प्रदान गरिएको जानकारी गराएको छ।यसअघि अमात्य आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा उप–कार्यकारी प्रमुख (डेपुटी चिफ एक्जिक्युटिभ अफिसर) का रूपमा कार्यरत थिए। कम्पनीले उनको राजीनामा २०८३ साउन ८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको जनाएको छ।

आईएमई लाइफले नियामक निकायलाई पठाएको सूचनाअनुसार अमात्यले दिएको राजीनामा स्वीकृत भएसँगै उनले कम्पनीबाट औपचारिक रूपमा पदमुक्त भएका हुन्।

बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका अमात्यको हिमालयन लाइफको नेतृत्वमा आगमनसँगै कम्पनीको व्यवस्थापकीय नेतृत्वले निरन्तरता पाएको छ। कम्पनीले स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्ति नभएसम्म उनले निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया