Nepal Life

आइसिएफसि फाइनान्सको ऋणपत्रमा अत्याधिक आकर्षण, मागभन्दा तीन गुणा बढी आवेदन

NMB Bank
  • BFIS News
  • 2026 Feb 26 11:04
आइसिएफसि फाइनान्सको ऋणपत्रमा अत्याधिक आकर्षण, मागभन्दा तीन गुणा बढी आवेदन
National Life

काठमाडौं। पछिल्लो समय ऋणपत्र बजारमा उल्लेख्य आकर्षण देखिन थालेको छ। कुनै समय ऋणपत्र बिक्री गर्न हम्मे–हम्मे पर्ने अवस्था रहे पनि अहिले निष्काशनको पहिलो चरणमै मागभन्दा बढी आवेदन पर्न थालेको छ। यसको ताजा उदाहरणका रूपमा आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले निष्काशन गरेको ऋणपत्रमा अत्याधिक आवेदन परेको छ।

Shikhar
NIMB

फाइनान्सले निष्काशन गरेको ऋणपत्रमा कुल १५ लाख ९५ हजार कित्ताका लागि आवेदन परेको छ भने १८ हजार २३५ जना लगानीकर्ताले आवेदन दिएका छन्। विशेषगरी संस्थागत लगानीकर्ताको आकर्षण उल्लेख्य देखिएको छ। बजार विश्लेषकहरूका अनुसार हालको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले ऋणपत्र निष्काशन गरे न्यून ब्याजदरमै दीर्घकालीन फण्ड निर्माण गर्न सक्ने अवस्था रहेको छ। बजारमा तरलता (लिक्विडिटी) केही कडाइ हुनेबित्तिकै ब्याजदर आकासिने प्रवृत्ति देखिने भएकाले अहिलेको समय दीर्घकालीन स्रोत व्यवस्थापनका लागि उपयुक्त मानिएको छ।

फाइनान्सले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ मा आवेदन दिने आज (फागुन १४ गते) अन्तिम दिन रहेको छ। ७ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।

कुल ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका ५ लाख कित्ता ऋणपत्र निष्काशन गरिएको हो। सोमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले फाइनान्सलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। ऋणपत्रबाट आर्जित ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टा गरी भुक्तानी गरिने व्यवस्था रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया