श्रीलङ्काको जलक्षेत्रतर्फ अघि बढिरहेको इरानी युद्धपोत, क्षेत्रीय सुरक्षा थप संवेदनशील
- BFIS News
- 2026 Mar 05 15:44
गले, श्रीलङ्का । अमेरिकी पनडुब्बीको टारपीडो आक्रमणमा इरानी युद्धपोत डुबेर कम्तीमा ८७ नाविकको मृत्यु भएको घटनापछि अर्को इरानी युद्धपोत श्रीलङ्काको क्षेत्रीय जलक्षेत्रतर्फ अघि बढिरहेको जानकारी श्रीलङ्काली सरकारका अधिकारीले दिएका छन्।
सञ्चारमन्त्री नलिन्दा जयतिसाले संसद्मा जानकारी दिँदै दोस्रो युद्धपोत हाल श्रीलङ्का को क्षेत्रीय जलक्षेत्रभन्दा बाहिर रहेको बताउनुभएको छ। जहाजमा १०० भन्दा बढी चालक दलका सदस्य रहेको अनुमान छ।
आक्रमणपछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। राष्ट्रपति अनुरा कुमारा दिसानायक ले इरानको अनुरोधबारे छलफल गर्न शीर्ष सुरक्षा अधिकारीहरूसँग बैठक गर्नुभएको सरकारी स्रोतले जनाएको छ। इरान ले आफ्नो युद्धपोतलाई श्रीलङ्काको जलक्षेत्रमा प्रवेश अनुमति मागेको बताइएको छ।
यसअघि बुधबार गलेबाट करिब ४० किलोमिटर दक्षिणतर्फ भएको आक्रमणमा एउटा इरानी युद्धपोत पूर्ण रूपमा डुबेको थियो। उक्त घटनामा उद्धार गरिएका ३२ जना इरानी नाविकको गलेस्थित मुख्य अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा उनीहरूका लागि छुट्टै वार्ड व्यवस्था गरिएको छ र सुरक्षा कडाइ गरिएको छ।
श्रीलङ्काली नौसेनाका अनुसार बेपत्ता रहेका नाविकको खोजी कार्य जारी छ। जहाज भारतको पूर्वी बन्दरगाह विशाखापट्टनम मा सम्पन्न सैन्य अभ्यासपछि फर्कने क्रममा आक्रमणमा परेको थियो। आक्रमणका लागि जिम्मेवार पक्षबारे आधिकारिक पुष्टि भएको छैन।
मध्यपूर्वमा अमेरिका र इजरायल को संयुक्त सैन्य कारबाहीपछि क्षेत्रीय तनाव बढ्दै गएको छ। यस पृष्ठभूमिमा श्रीलङ्का सरकारले आफू तटस्थ रहेको र समस्या वार्तामार्फत समाधान गर्नुपर्ने धारणा राखेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpg)








प्रतिक्रिया