Nepal Life

पर्वतमा किर्यापुत्रीद्धारा मतदान सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 20:44
पर्वतमा किर्यापुत्रीद्धारा मतदान सम्पन्न
National Life

काठमाडौं। पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित नवजागृत उमावि, चित्रेमा पिताको शोकमा रहेका किर्यापुत्रीहरूले पनि मतदानमा सहभागी भई नागरिक कर्तव्य पूरा गरेका छन्।

Shikhar
NIMB

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका हजुरबुबाको २०८२ फागुन १८ गते स्वर्गारोहण भएको थियो। पारिवारिक शोकका कारण घरमा किरिया बसेका उनका आमा–बुबा हाल किरियामै रहेका छन्।

यद्यपि, शोकको अवस्थाबीच पनि परिवारका किर्यापुत्रीहरूले मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। उनीहरूले नवजागृत उमावि, चित्रेमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए।

परिवारजनका अनुसार, “व्यक्तिगत दुःखका बीच पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनु नागरिकको दायित्व भएकाले मतदान गर्न गएका हौँ।”

स्थानीयले पनि शोककै अवस्थामा रहेर पनि मतदानमा सहभागी भएको यस घटनालाई लोकतान्त्रिक चेतनाको सकारात्मक उदाहरणका रूपमा लिएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया