Nepal Life

कैलालीमा ९६ वर्षीया मना देवकोटाद्वारा मतदान

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 20:52
कैलालीमा ९६ वर्षीया मना देवकोटाद्वारा मतदान
National Life

कैलाली । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जानकी गाउँपालिका वडा नं. ८ खैरिपुरस्थित राष्ट्रिय मावि खैरिपुर मतदान केन्द्रमा ९६ वर्षीया मना देवकोटाले मतदान गरेकी छन्।

Shikhar
NIMB

आज दिउँसो करिब ३:४५ बजे मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेकी हुन्। प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजुद पनि मतदान गर्ने तीव्र इच्छा व्यक्त गरेपछि उनका नाति दिनेश देवकोटाले उनलाई मतदान केन्द्रसम्म पुर्‍याएका थिए।

नातिको सहयोगमा मतदान केन्द्र पुगेकी देवकोटाले उत्साहपूर्वक मतदानमा सहभागी हुँदै नागरिकको महत्वपूर्ण अधिकारको प्रयोग गरेकी हुन्।

उच्च उमेर र स्वास्थ्य समस्याका बाबजुद पनि मतदानप्रति देखाएको उनको प्रतिबद्धताले स्थानीय मतदातालाई समेत प्रेरित गरेको बताइएको छ।

उक्त मतदान केन्द्र कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं. ८ खैरिपुरस्थित राष्ट्रिय मावि खैरिपुरमा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया