Nepal Life

रास्वपालाई शेयर बजारको स्वागत, सूचक ५% बढेपछि ४० मिनेट कारोबार स्थगित

NMB Bank
  • BFIS News
  • 2026 Mar 09 11:35
रास्वपालाई शेयर बजारको स्वागत, सूचक ५% बढेपछि ४० मिनेट कारोबार स्थगित
National Life

काठमाडौँ । रास्वपाको बहुमतलाई शेयर बजारले स्वागत गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार बिहानै तीव्र उतारचढाव देखिएको छ। नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि कारोबार दोस्रो पटकका लागि ४० मिनेट स्थगित गरिएको छ।

Shikhar
NIMB

बजारमा उल्लेखनीय वृद्धि देखिएपछि नेप्सेले सूचकमा आधारित सर्किट ब्रेकर प्रणालीअनुसार कारोबार रोक्ने निर्णय गरेको हो। कारोबार स्थगित हुँदा सम्म बजारको कुल कारोबार रकम २८ करोड ५१ लाख रुपैयाँ पुगेको थियो।

हाल नेप्से परिसूचक २,८४८.२२ अंकमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १३५.७२ अंकले बढेको हो। ४० मिनेटको अवरोधपछि कारोबार दिउँसो १२:०१ बजे पुनः सुरु भएको छ।

यसअघि बिहान बजार खुलेको केही समयमै परिसूचक एक मिनेटभित्रै ४ प्रतिशतले बढेपछि पहिलो पटक कारोबार रोकिएको थियो। त्यसपछि ११:२१ बजे कारोबार पुनः सञ्चालनमा आएको थियो।

नेप्सेले अत्यधिक बजार उतारचढावलाई व्यवस्थापन गर्न “इन्डेक्स आधारित सर्किट ब्रेकर” प्रणाली प्रयोग गर्दै आएको छ। यस प्रणालीअनुसार सूचकमा ४ प्रतिशत, ५ प्रतिशत र ६ प्रतिशतको परिवर्तनलाई आधार मानेर कारोबारमा अस्थायी रोक लगाइन्छ।

नियमअनुसार यदि सूचक ५ प्रतिशतले बढे वा घटे र त्यो परिवर्तन दिउँसो १ बजाभन्दा अघि भयो भने ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ। तर यदि यस्तो परिवर्तन दिउँसो १ बजेपछि भएमा कारोबार भने निरन्तर जारी रहन्छ।

त्यस्तै, सूचकमा ६ प्रतिशतको उतारचढाव आएमा भने बाँकी दिनभरका लागि कारोबार पूर्ण रूपमा बन्द गरिने व्यवस्था रहेको नेप्सेले जनाएको छ।

नेप्सेमा अत्यधिक उतार–चढाव नियन्त्रण गर्न सूचकांक-आधारित सर्किट ब्रेकर प्रणाली लागू गरिएको छ। यस प्रणालीअनुसार सूचकांक ४%, ५% र ६% ले बढे वा घटेमा स्वचालित रूपमा कारोबार रोकिने व्यवस्था छ, जसले बजारलाई स्थिर राख्न तथा अत्यधिक अस्थिरता नियन्त्रण गर्न सहयोग गर्छ।

प्रावधानअनुसार:

४% परिवर्तन: कारोबार सुरु भएको पहिलो घण्टा (१२:०० बजेभित्र) भित्र ४% वृद्धि वा गिरावट भएमा २० मिनेटका लागि कारोबार स्थगित हुन्छ। तर १२:०० बजेपछि यस्तो परिवर्तन भएमा कारोबार रोकिने छैन।

५% परिवर्तन: १३:०० बजेभन्दा अघि ५% परिवर्तन भएमा ४० मिनेटका लागि कारोबार रोकिन्छ। तर १३:०० बजेपछि यस्तो परिवर्तन भएमा बजार रोकिने छैन।

६% परिवर्तन: सूचकांक ६% ले बढे वा घटेमा भने बाँकी दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिन्छ।

आजको प्रारम्भिक उछालपछि लगानीकर्ताहरूको चासो बजार पुनः खुलेपछि कारोबारको दिशा कता मोडिन्छ भन्नेमा केन्द्रित भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया