Nepal Life

बालेन शाह बने नेपालको प्रधानमन्त्री, सुदनले गृह सम्हाल्ने: यस्तो छ बालेनको मन्त्रिमण्डल

NMB Bank
  • BFIS News
  • 2026 Mar 27 12:10
बालेन शाह बने नेपालको प्रधानमन्त्री, सुदनले गृह सम्हाल्ने: यस्तो छ बालेनको मन्त्रिमण्डल
National Life

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री शाहको शपथ ग्रहण आजै मध्याह्न हुने तयारी गरिएको छ।

Shikhar
NIMB

राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२:३४ बजे प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। यसअघि हिजो रास्वपाले संसदीय दलको नेतामा शाहलाई चयन गर्ने निर्णय गरेको थियो।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ। प्रधानमन्त्री शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरिने भएको छ। संविधानअनुसार २५ सदस्यीय मन्त्रिमण्डल बनाउन सकिने भए पनि मन्त्रालय संख्या घटाएर १५ मा सीमित गरिने जनाइएको छ। रास्वपाले चुनावी घोषणापत्रमा समेत मन्त्रालय संख्या घटाउने प्रतिबद्धता जनाएको थियो।

मन्त्रिमण्डलको सम्भावित सूची:

१. बालेन शाह – प्रधानमन्त्री

२. स्वर्णिम वाग्ले – अर्थमन्त्री

३. सोबिता गौतम – कानुन मन्त्री

४. शिशिर खनाल – परराष्ट्र मन्त्री

५. विराजभक्त श्रेष्ठ – ऊर्जा मन्त्री

६. सुधन गुरूङ – गृहमन्त्री

७. अमरेश सिंह – उद्योग मन्त्री

८. प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री

९. गीता चौधरी – कृषि मन्त्री

१०. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री

११. दीपक साह – श्रम मन्त्री

१२. सस्मित पोखरेल – शिक्षा मन्त्री

१३. खड्क पौडेल (गनेश) – पर्यटन मन्त्री

१४. सीता वादी – महिला तथा बालबालिका मन्त्री

१५. निशा मेहता – स्वास्थ्य मन्त्री

नयाँ सरकार गठनसँगै प्रशासनिक सुधार, सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया