Nepal Life

नेप्सेमा सूर्यकुण्डको २८४ र रिज लाइनको ३०० रुपैयाँमा पहिलो कारोबार

NMB Bank
  • BFIS News
  • 2026 Mar 29 11:11
नेप्सेमा सूर्यकुण्डको २८४ र रिज लाइनको ३०० रुपैयाँमा पहिलो कारोबार
National Life

काठमाडौं। विशेष प्रि–ओपन सेसनमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक (SKHEL) र रिज लाइन इनर्जी (RLEL) का सेयरहरूको पहिलो कारोबार सम्पन्न भएको छ। उक्त दिन सूर्यकुण्डको सेयर प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा र रिज लाइन इनर्जीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार भएको हो।

Shikhar
NIMB

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर यसअघि चैत १२ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीका कुल सेयरमध्ये १३ लाख ७९ हजार ३५० कित्ता सर्वसाधारण समूहका लागि र ५५ लाख १७ हजार ३९४ कित्ता संस्थापक समूहका लागि सूचीकृत गरिएका थिए।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसादेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य दायरा निर्धारण गरेको थियो।

त्यसैगरी, चैत १२ गते विशेष प्रि–ओपन सेसनमा प्राविधिक समस्याका कारण रिज लाइन इनर्जीको सेयर प्रतिकित्ता ३० रुपैयाँमा पहिलो कारोबार भएकोमा, चैत १५ गते भने सो सेयर प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया