NIMB Header 2
Nepal Life

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध साढे ७ करोडभन्दा बढी भ्रष्टाचार मुद्दा दायर

NMB Bank
  • BFIS News
  • 2026 Apr 09 16:41
पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध साढे ७ करोडभन्दा बढी भ्रष्टाचार मुद्दा दायर
United Ajod

काठमाडौँ, चैत २६ गते । पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

 

Shikhar
Nepal Life
NIMB

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत आपसी मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा ल्याइएको इलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुभित्र पहेँलो धातु सुन जफत गरिएको थियो। उक्त सुनलाई भन्सार ऐनअनुसार कारबाही नगरी भन्सार छलीमार्फत भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

यस प्रकरणमा तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्ति प्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतद्वय रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ तथा नायब सुब्बाहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुधन पोखरेलविरुद्ध समेत मुद्दा दायर गरिएको छ।

त्यस्तै, अन्य आरोपितहरूमा राहुल भन्ने रेशम महरा, निर्मलकुमार वि.क., लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र डाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग तथा डेक्स्टर ट्राभल्स एन्ड टुर्स प्रा.लि. रहेका छन्।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै बिगो रकम बराबरको जरिवाना र कैद सजायको मागसहित बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया