NIMB Header 2
Nepal Life

सर्वोच्चको निर्णयले कांग्रेसमा एकताको बाटो खोलेको गगन थापाको भनाइ

NMB Bank
  • BFIS News
  • 2026 Apr 18 17:50
सर्वोच्चको निर्णयले कांग्रेसमा एकताको बाटो खोलेको गगन थापाको भनाइ
United Ajod

काठमाडौँ, वैशाख ५ गते — गगन थापा ले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ मार्ग प्रशस्त गरेको बताएका छन्। फैसलापछि विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस का सभापति थापाले उक्त निर्णयलाई हार–जितका रूपमा नलिन आग्रह गरेका छन्।

Shikhar
Nepal Life
NIMB

उनका अनुसार अदालतको निर्णयले पार्टीलाई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासअनुसार अघि बढ्न प्रेरित गर्नेछ। “सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीलाई एकताबद्ध बनाउँदै फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण सिर्जना गरेको छ। यो कुनै जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो,” उनले उल्लेख गरेका छन्।

पार्टीभित्र देखिएको आन्तरिक विवाद र त्यसको कानुनी निरूपणपछि अब सबैको ध्यान एकता कायम गर्नतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन्। सभापतिको हैसियतले पार्टीलाई एकढिक्का बनाउने मुख्य जिम्मेवारी आफ्नो भएको स्वीकार गर्दै देश तथा विदेशमा रहेका सदस्य र शुभेच्छुकलाई सकारात्मक भूमिका निर्वाह गर्न उनले आह्वान गरेका छन्।

साथै, पार्टीको आगामी १५औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको सन्दर्भमा उनले यसलाई रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। अग्रजहरूको योगदानको कदर गर्दै नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने पार्टी निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ।

“समुन्नत नेपाल निर्माणमा योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एकढिक्का भएर अघि बढौँ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। पार्टी पुनर्जागरणका लागि सक्रिय रहने प्रतिबद्धता जनाउँदै उनले एकताका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया