NIMB Header 2
Nepal Life

बर्दगोरियामा २१ मुक्त कमैया परिवारलाई सुरक्षित आवास हस्तान्तरण

NMB Bank
  • BFIS News
  • 2026 Apr 19 17:47
बर्दगोरियामा २१ मुक्त कमैया परिवारलाई सुरक्षित आवास हस्तान्तरण
United Ajod

धनगढी, वैशाख ६ गते । कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका २१ मुक्त कमैया परिवारलाई आइतबार सुरक्षित आवास हस्तान्तरण गरिएको छ ।

 

Shikhar
Nepal Life
NIMB

विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेश सरकार, बर्दगोरिया गाउँपालिका, ह्याबिटाट फर ह्युमानिटी नेपाल र राष्ट्रिय दलित नेटवर्क को संयुक्त सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा ले आवास उद्घाटन तथा हस्तान्तरण गर्दै नेपालमै पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि बनाएर मुक्त कमैया, हलिया र कमलरीका लागि सुरक्षित आवास निर्माण अघि बढाएको बताउनुभयो ।

उहाँका अनुसार तीनै तहका सरकारबीच समन्वय र तथ्यपरक विवरण संकलन भएमा एकै वर्षभित्र आवश्यक सबै परिवारलाई सुरक्षित आवास उपलब्ध गराउन सकिने सम्भावना छ ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य रामेश्वर चौधरी ले पुनर्स्थापना सहज बनाउन स्थानीय तहले पनि आवश्यक कार्यविधि छिटो तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर ले गाउँपालिकाभित्र रहेका सबै मुक्त कमैयाको पुनर्स्थापनामा पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

ह्याबिटाट फर ह्युमानिटी नेपाल का पश्चिम प्रमुख पुनिता चौधरीका अनुसार हालसम्म संस्थाले २५२ वटा सुरक्षित आवास निर्माण गरी विपन्न तथा भूमिहीन परिवारलाई हस्तान्तरण गरिसकेको छ । साथै घर मर्मतसम्भार कार्यक्रम पनि अघि बढाउने तयारी भइरहेको छ ।

राष्ट्रिय दलित नेटवर्क का अध्यक्ष मोहन ओडले तीनै तहका सरकार र संघसंस्थाको सहकार्यमा सुरक्षित आवास निर्माण सफल भएको बताउनुभयो ।

कूल १ करोड ४७ लाख ६९ हजार रुपैयाँको लागतमा चर्पी र भान्सासहित दुई कोठे २१ वटा आवास निर्माण गरी हस्तान्तरण गरिएको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया