NIMB Header 2
Nepal Life

सङ्घीयता र कानुनी सुधारमा तत्काल परिवर्तन आवश्यक: हर्कराज राई

NMB Bank
  • BFIS News
  • 2026 Apr 19 17:52
सङ्घीयता र कानुनी सुधारमा तत्काल परिवर्तन आवश्यक: हर्कराज राई
United Ajod

काठमाडौँ, वैशाख ६ गते । हर्कराज राई ले सङ्घीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

 

Shikhar
Nepal Life
NIMB

आइतबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उहाँले सङ्घीयताको मर्मअनुसार काम नभएको भन्दै वर्तमान प्रणालीगत कमजोरी सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले मुलुकमा विकास र निर्माणका काम अघि बढाउन कानुनमा तत्काल ठूलो परिवर्तन आवश्यक रहेको भन्दै सरकारलाई ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँका अनुसार विकास निर्माणमा बाधा पुर्‍याउने विद्यमान कानुनी जटिलता तत्काल सुधार गर्नुपर्ने अवस्था छ ।

हर्कराज राई ले मन्त्रालयहरूबीचको समन्वय अभावका कारण विकास परियोजना प्रभावित भइरहेको उल्लेख गर्नुभयो । भौतिक पूर्वाधार मन्त्रालयले अघि बढाएका योजना वन मन्त्रालयले रोक्ने जस्ता विरोधाभासपूर्ण अवस्था रहेको भन्दै यसले काममा ढिलाइ गरिरहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “सङ्घीयताको मर्मअनुसार सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्था हुनु हुँदैन। कानुनमा ठूलो फेरबदल नगरेसम्म काम गर्न सकिँदैन।”

उहाँले पानी आपूर्ति तथा सडक निर्माणजस्ता योजनामा मन्त्रालयबीचको असमझदारीका कारण विकास रोकिएको उदाहरण दिँदै प्रणाली सुधार आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी सरकारले श्रमदान गर्ने समुदायलाई आवश्यक स्रोत र साधन उपलब्ध गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । विकासलाई प्रभावकारी बनाउन नीति र कानुन दुवै तहमा सुधार अपरिहार्य रहेको उहाँको धारणा थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया