NIMB Header 2
Nepal Life

सरकारी कर्मचारीलाई अब अर्धमासिक तलब भुक्तानी गर्ने निर्णय

NMB Bank
  • BFIS News
  • 2026 Apr 19 22:13
सरकारी कर्मचारीलाई अब अर्धमासिक तलब भुक्तानी गर्ने निर्णय
United Ajod

काठमाडौं। सरकारले अबदेखि राष्ट्रसेवक सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब, भत्ता तथा अन्य सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको पहलमा यो व्यवस्था लागू गर्न लागिएको हो।

Shikhar
Nepal Life
NIMB

बैशाख ४ गते अर्थमन्त्रीस्तरमा बसेको बैठकले हालसम्म महिनाको अन्त्यमा एकमुष्ट रूपमा दिइँदै आएको तलब भुक्तानी प्रणालीलाई परिवर्तन गर्दै अर्धमासिक रूपमा भुक्तानी गर्ने नयाँ अभ्यास सुरु गर्ने निर्णय गरेको हो। यसअनुसार अब कर्मचारीहरूले प्रत्येक महिनामा दुई पटक तलब सुविधा प्राप्त गर्नेछन्।

यस निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालय, अनामनगरलाई आवश्यक व्यवस्था मिलाउन औपचारिक पत्राचार गरिसकेको छ। पत्रमा मिति २०८३ साल बैशाख ४ गतेको निर्णयअनुसार अर्धमासिक रूपमा तलब वितरणको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ।

हालसम्म सरकारी कर्मचारीलाई तलब भत्ता मासिक रूपमा वितरण हुँदै आएकोमा सरकारले पछिल्लो समय पुराना अभ्यासहरूमा परिवर्तन गर्दै नयाँ प्रणाली लागू गर्ने क्रम जारी राखेको छ। सोही क्रममा यो निर्णय पनि गरिएको बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया