NIMB Header 2
Nepal Life

नेपाल इन्स्योरेन्स कम्पनीलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड

NMB Bank
  • BFIS News
  • 2026 May 12 21:05
नेपाल इन्स्योरेन्स कम्पनीलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड
United Ajod

काठमाडौं। नेपालको निर्जीवन बीमा क्षेत्रमा स्थापित तथा पुरानो कम्पनीमध्ये एक नेपाल इन्स्योरेन्स कम्पनी लि लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ ।

Shikhar
Nepal Life
NIMB

न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको १० औं संस्करणको ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् २०२६’ समारोहमा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो ।बीमा क्षेत्रमा प्रभावकारी व्यवस्थापन, संस्थागत सुशासन, वित्तीय स्थायित्व, ग्राहक–केन्द्रित सेवा तथा व्यवसायिक उत्कृष्टताका आधारमा  नेपाल इन्स्योरेन्स कम्पनी लि लाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

कम्पनीले पछिल्लो समय दाबी भुक्तानी प्रक्रियामा सुधार, डिजिटल प्रविधिको प्रयोग, सेवा विस्तार तथा ग्राहक विश्वासलाई प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय विस्तार गर्दै आएको जनाएको छ । निर्जीवन बीमा क्षेत्रमा लामो अनुभव र विश्वसनीय सेवाका कारण कम्पनीले बजारमा बलियो पहिचान बनाएको दाबी पनि गरेको छ ।नेपाल इन्स्योरेन्स कम्पनी लि का अनुसार यो सम्मानले कम्पनीको पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता तथा दीर्घकालीन व्यवसायिक दृष्टिकोणलाई थप पुष्टि गरेको छ । साथै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रवाह गर्दै बीमा क्षेत्रमा नवीन योजना र आधुनिक सेवा विस्तारमा केन्द्रित रहने कम्पनीले जनाएको छ ।

कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न १० वटा विधामा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बैंकिङ, बीमा, उद्योग, व्यापार तथा कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।न्यू बिजनेश एज लिमिटेड ले सन् २०१३ देखि निरन्तर ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्ड’ आयोजना गर्दै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया