NIMB Header 2
Nepal Life

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको विरोध जारी

IME LIFE
  • BFIS News
  • 2026 May 19 11:38
प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको विरोध जारी
United Ajod

काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा श्रम संस्कृति पार्टी का सांसदहरूले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका छन्।

Shikhar
Nepal Life
NIMB

बैठक सुरु हुनेबित्तिकै पार्टी अध्यक्ष हर्कराज राई सहितका सांसदहरू आफ्ना स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

संसद् बैठक सञ्चालन भइरहेका बेला उक्त दलका सांसदहरूले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड प्रदर्शन गर्दै सदनको ध्यानाकर्षण गराएका थिए। विरोधका कारण केही समय सदनको वातावरण प्रभावित बनेको थियो।

यसअघि सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पनि सोही पार्टीले समान शैलीमा विरोध प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन संसद्मा उभिएर विरोध जनाउँदै दलले आफ्ना मागप्रति सरकार र सदनको ध्यानाकर्षण गराउने प्रयास गरेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया