NIMB Header 2
Nepal Life

सल्यानको बागचौरमा ४५ लाख लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण सुरु

IME LIFE
  • BFIS News
  • 2026 May 19 13:56
सल्यानको बागचौरमा ४५ लाख लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण सुरु
United Ajod

सल्यान, जेठ ५ — सल्यानको बागचौर नगरपालिकामा ४५ लाख रुपियाँ लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण कार्य सुरु गरिएको छ। खेल पूर्वाधार विकास तथा युवालाई खेलकुद गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले नगरपालिकाको वडा नं. २ बागचौरमा कवर्ड हल निर्माणको काम अघि बढाइएको हो।

 

Shikhar
Nepal Life
NIMB

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त कवर्ड हलको मङ्गलबार शिलान्यास गरिएको छ।

शिलान्यास कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भीमप्रकाश शर्मा, प्रदेशसभा सदस्य लक्ष्मी सुनार, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, उपप्रमुख सुम्निमा डि.सी. वलीलगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। निर्माण कार्यको जिम्मा यरिङका निर्माण सेवाले पाएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले खेलकुद पूर्वाधार विकासले ग्रामीण क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। उनीहरूका अनुसार यस्ता संरचनाले युवालाई खेलप्रति आकर्षित गर्ने, प्रतिभा पहिचानमा सहयोग पुग्ने तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया