NIMB Header 2
Nepal Life

शिक्षा बजेटको ठूलो हिस्सा स्थानीय तहमा हस्तान्तरण गरिने

IME LIFE
  • BFIS News
  • 2026 May 19 15:35
शिक्षा बजेटको ठूलो हिस्सा स्थानीय तहमा हस्तान्तरण गरिने
United Ajod

काठमाडौं । शिक्षा सचिव चुडामणि पौडेल ले आगामी आर्थिक वर्षको शिक्षा बजेट निर्माण गर्दा प्रदेश तथा स्थानीय तहलाई प्राथमिकतामा राखिएको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

उनका अनुसार कुल शिक्षा बजेटको करिब ७० प्रतिशत हिस्सा वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहमा जाने व्यवस्था गरिएको छ।

मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति को बैठकमा सचिव पौडेलले शिक्षा क्षेत्रको बजेट राष्ट्रिय योजना, नीतिगत दस्तावेज तथा कानुनी प्रावधानलाई आधार बनाएर तयार पारिएको जानकारी दिए।

उनका अनुसार आगामी बजेटमा विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखिएको छ। उनले १० वर्षे विद्यालय क्षेत्र सुधार कार्यक्रम, १६औँ पञ्चवर्षीय योजना तथा अनिवार्य एवं निःशुल्क शिक्षा ऐनलाई बजेट निर्माणका प्रमुख आधारका रूपमा लिइएको बताए।

सचिव पौडेलले नीति तथा कार्यक्रमसँग बजेटलाई समन्वय गर्ने प्रयास भइरहेको उल्लेख गर्दै शिक्षा मन्त्रालयले दीर्घकालीन योजना र कानुनी व्यवस्थासँग मेल खाने गरी बजेट विनियोजन गर्न लागेको जानकारी दिए।

उनले शिक्षा क्षेत्रको बजेट कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण भएकाले अधिकांश बजेट तल्लो तहमा हस्तान्तरण हुने व्यवस्था गरिएको स्पष्ट पारे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया