NIMB Header 2
Nepal Life

इसेवाले सौराहामा ‘इसेवा ह्याकाथन २०२६’ आयोजना गर्ने

IME LIFE
  • BFIS News
  • 2026 May 28 07:30
इसेवाले सौराहामा ‘इसेवा ह्याकाथन २०२६’ आयोजना गर्ने
United Ajod

काठमाडौं । इसेवा ले आगामी जेठ १५ देखि १७ गतेसम्म सौराहा मा “इसेवा ह्याकाथन २०२६” आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा वातावरण संरक्षण क्षेत्रमा कार्यरत विश्व वन्यजन्तु कोष सँगको सहकार्यमा ह्याकाथन आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

 

Nepal Life
NIMB

डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण तथा डिजिटल अर्थतन्त्र विस्तारमा कार्यरत इसेवाले नवप्रवर्तन संस्कृति विकास, युवा सशक्तीकरण तथा प्रविधिमैत्री समाधान प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।

ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरूले सहभागिता जनाउनेछन् । सहभागीहरूले फिनटेक, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासम्बन्धी डिजिटल समाधान र प्रोटोटाइप प्रस्तुत गर्नेछन् ।

कार्यक्रमबारे जानकारी दिँदै जगदीश खड्का ले युवाहरूमा समस्या समाधानमुखी सोच, नवप्रवर्तनात्मक क्षमता तथा दिगो विकासप्रतिको योगदान अभिवृद्धि गर्न ह्याकाथन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले डेभलपर, डिजाइनर तथा इन्नोभेटरहरूलाई एउटै मञ्चमा ल्याएर सुरक्षित फिनटेक इकोसिस्टम तथा वातावरण संरक्षणमा योगदान दिने समाधान विकास गर्ने लक्ष्य रहेको बताए ।

ह्याकाथन अवधिभर सहभागी टोलीलाई फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरूले प्रत्यक्ष मेन्टरसिप तथा प्राविधिक मार्गदर्शन दिनेछन् ।

तीन दिनसम्म चल्ने आवासीय प्रतियोगितामा उत्कृष्ट समाधान प्रस्तुत गर्ने टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ, दोस्रो हुने टोलीले २ लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया