NIMB Header 2
Nepal Life

आयकरको न्यूनतम सीमा १० लाख पुग्यो, अधिकतम दर २९ प्रतिशतमा झर्‍यो

IME LIFE
  • BFIS News
  • 2026 May 29 17:10
आयकरको न्यूनतम सीमा १० लाख पुग्यो, अधिकतम दर २९ प्रतिशतमा झर्‍यो
United Ajod

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकर संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै न्यूनतम करयोग्य आम्दानीको सीमा १० लाख रुपैयाँ पुर्‍याएको छ भने अधिकतम करदर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरेको छ।

Nepal Life
NIMB

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट वक्तव्यमार्फत कर प्रणालीलाई थप व्यवहारिक र करदातामैत्री बनाउने उद्देश्यले यो व्यवस्था गरिएको जानकारी दिएका हुन्। नयाँ व्यवस्था अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ।

यसअघि व्यक्तिगत करदाताका लागि न्यूनतम करयोग्य सीमा वार्षिक ५ लाख रुपैयाँ रहेको थियो भने विवाहित व्यक्तिका हकमा ६ लाख रुपैयाँको व्यवस्था थियो। सो सीमालाई बढाएर दोब्बर बनाइएपछि मध्यम आय वर्गका करदातालाई उल्लेखनीय राहत मिल्ने सरकारको अपेक्षा छ।

सरकारका अनुसार नयाँ कर संरचनाले वार्षिक १० लाख रुपैयाँ तलब खाने व्यक्तिलाई करमा करिब ५६ हजार रुपैयाँसम्म राहत दिनेछ। यसअनुसार पहिले १० लाख रुपैयाँ कमाउने व्यक्तिले विभिन्न स्ल्याब अनुसार करिब ६६ हजार रुपैयाँसम्म आयकर तिर्नुपर्ने अवस्था थियो। तर नयाँ व्यवस्थाअनुसार अब सोही आयमा केवल १० हजार रुपैयाँ मात्र कर तिर्नुपर्नेछ।

पुरानो प्रणालीमा ६ लाख रुपैयाँसम्म १० प्रतिशत, त्यसपछि २ लाखमा १० प्रतिशत र अर्को २ लाखमा २० प्रतिशत कर लाग्ने व्यवस्था थियो। तर संशोधित संरचनाले कर दायरा सरल बनाउँदै करभार घटाएको छ।

सरकारले उच्च आय भएका वर्गका लागि समेत कर दर घटाउँदै अधिकतम दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारेको छ, जसले लगानी वातावरण सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया