आईएमई लाइफले दृष्टिविहीन विद्यार्थीका लागि ५ लाख सहयोग प्रदान
- BFIS News
- 2026 Jun 17 17:00
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले उपलब्ध गराएको उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर र स्क्रिन रिडर सफ्टवेयरलगायतका शैक्षिक सामग्री उपलब्ध गराइने जनाएको छ।
आईएमई लाइफको सहयोगबाट काठमाडौंको लोलाङ, दाङ र सुर्खेतका तीन विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरू लाभान्वित हुनेछन्। यस सहयोगले दृष्टिविहीन बालबालिकाको शिक्षामा सहज पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाको अनुभव र आईएमई लाइफको सामाजिक प्रतिबद्धताले समावेशी समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
‘इन्स्योरिङ फ्युचर’ को मूल मन्त्रलाई आत्मसात गर्दै कम्पनीले सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया