नेप्सेबाट ३१ ब्रोकरले पाए मार्जिन कारोबार सुविधा सञ्चालन अनुमति
- BFIS News
- 2026 Jun 18 13:12
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहने शेयर दलाल (स्टक ब्रोकर) लाई अनुमति दिन सुरु गरेको छ।
नेप्सेका अनुसार हालसम्म ३१ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका छन्। ती ब्रोकरले गत जेठ मसान्तसम्म नेप्सेबाट अनुमति पाएका हुन्।
यसैगरी, थप २४ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्नका लागि नेप्सेबाट आशयपत्र प्राप्त गरेका छन्। ती ब्रोकरलाई पनि आवश्यक प्रक्रिया पूरा भएपछि छिट्टै अनुमतिपत्र प्रदान गरिने नेप्सेले जनाएको छ।
मार्जिन कारोबार सुविधामार्फत लगानीकर्ताले तोकिएको मापदण्ड पूरा गरी ब्रोकर कम्पनीबाट ऋण सुविधा लिएर शेयर कारोबार गर्न सक्ने व्यवस्था हुन्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया