NIMB Header 2
Nepal Life

हिमालयन बैंकले नेपालमै पहिलो पटक युनियनपे आरएमबी कार्ड सञ्चालनमा ल्यायो

IME LIFE
  • BFIS News
  • 2026 Jun 01 12:42
हिमालयन बैंकले नेपालमै पहिलो पटक युनियनपे आरएमबी कार्ड सञ्चालनमा ल्यायो
United Ajod

काठमाडौं । Himalayan Bank Limited ले चीन भ्रमण गर्ने नेपाली ग्राहकलाई लक्षित गर्दै युनियनपे आरएमबी (RMB) कार्ड सेवा सञ्चालनमा ल्याएको छ। बैंकले चीनको अन्तर्राष्ट्रिय कार्ड ब्राण्ड UnionPay International सँगको सहकार्यमा नेपालमै पहिलो पटक उक्त सेवा सुरु गरेको जनाएको छ।

 

Nepal Life
NIMB

बैंकका अनुसार यस कार्डमार्फत ग्राहकले चीनमा रहेका एटीएम, पीओएस, क्यूआर कोड तथा ई–कमर्स प्लेटफर्ममा चिनियाँ मुद्रा (सीएनवाई) मा नै सहज भुक्तानी गर्न सक्नेछन्। यसले चीन भ्रमण गर्ने विद्यार्थी, व्यवसायी तथा पर्यटकलाई विदेशी मुद्रा कारोबार थप सरल र मितव्ययी बनाउने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमा अनुसार रकम लोड गर्न सकिने यस कार्डमार्फत युनियनपे नेटवर्कसँग आबद्ध अलिपे प्लस, विच्याट पे तथा निहाओ चाइना जस्ता क्यूआर भुक्तानी प्रणालीमा समेत सीएनवाईमै कारोबार गर्न सकिने बैंकले जनाएको छ।

काठमाडौंस्थित Kathmandu Marriott Hotel मा आयोजित कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र युनियनपे इन्टरनेशनलका उपाध्यक्ष ज्वाङ बेइ ले संयुक्त रूपमा कार्ड सेवाको शुभारम्भ गर्नुभएको थियो।

बैंकका अनुसार नयाँ सेवाले चीन जाने नेपाली यात्रुहरूको भुक्तानी अनुभवलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया