NIMB Header 2
Nepal Life

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने समय आज सकिँदै

IME LIFE
  • BFIS News
  • 2026 Jun 10 08:41
एभरेष्ट कलरको आईपीओमा आवेदन दिने समय आज सकिँदै
United Ajod

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने अवधि आज (जेठ २७ गते) समाप्त हुँदैछ।

Nepal Life
NIMB

कम्पनीले निष्कासन गरेको शेयर खरिदका लागि योग्य लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि कम्पनीले ३० करोड रुपैयाँ जारी पूँजीको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता साधारण शेयर निष्कासन प्रक्रिया अघि बढाएको हो। कुल निष्कासित शेयरमध्ये ७९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो, जसको निष्कासन तथा बाँडफाँट सम्पन्न भइसकेको छ।

यसैगरी, ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो। यी वर्गका लागि छुट्याइएको हिस्सा व्यवस्थापन गरेपछि कम्पनीले बाँकी ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। उक्त शेयरको कुल मूल्य ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ।

सर्वसाधारण लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत सी–आस्बा सेवाको प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया